काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए १२ सय ७ कोरोना संक्रमित

Source: ekantipur.com
Source Url: https://ekantipur.com/news/2020/11/13/160526384028246450.html
Source Url: https://ekantipur.com/news/2020/11/13/160526384028246450.html
काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १२ सय ७ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार संक्रमित पुष्टि हुनेमा ५ सय २६ महिला र ६ सय ८१ पुरुष रहेका छन् ।
काठमाडौंमा ९ सय १९, भक्तपुरमा १ सय ८ र ललितपुरमा १ सय ८० जना नयाँ संक्रमित थपिएका हुन् । देशभर आज संक्रमित पुष्टि हुनेमा २१ सय ११ रहेका छन् ।
प्रकाशित : कार्तिक २८, २०७७ १६:२२