घर भित्र र बहिर कोरोना कसरी फैलिन्छ?

कोरोना भाईरस हावाबाट यात्रा गर्न सक्छ भन्ने कुरा हामी मध्ये धेरैले भर्खर बुझ्न सुरु गरेको छौ। अन्वेषकहरूको अनुसार, घर बहिर भन्दा पनि घर भित्र कोरोना संक्रमण हुने सम्भावना र जोखिम धेरै हुन्छ। सन्क्रमित ब्यक्तीको मुख वा नाकबाट निस्किने छिटाहरुबाट कोरोना सर्न सक्छ. कुनै छिटाहरु ठुलो र भारी भएर भुँईमा झर्छ भने कुनै निकै सानो र हलुका भएको करण हावा द्वारा टाढा सम्मा पुग्न सक्छन। बाहिर हुँदा ति भाईरसका कणहरु घाम, पानी, अर्द्रत जस्ता कुराको दबाबले गर्दा नस्ट हुन सक्छ तर घर भित्र भने भाईरसक कणहरु लामो समय सम्मा हावामा बाँच्न सक्छन जस्ले गर्दा संक्रमनको जोखिम अझै बढाउछ। यस बारेमा थप जानकारीको लागि यो भिडियो हेर्न सक्नु हुन्छ।


कोरोना भाइरस महामारीको अवस्थामा गर्भवती र सुत्केरी महिलाले जान्नु पर्ने कुराहरु।

सामान्य मानिसमा भन्दा गर्ववती महिलामा कोरोना भाईरसको बढी जोखिम हुन्छ भन्ने कुरा प्रमाणित भएको छैन। अहिलेसम्म कोभिड-१९ बाट संक्रमितको गर्वको भ्रुणमा र सुत्केरी हुँदा नवजात शिशुमा सरेको पनि प्रमाणित भएको छैन। यदी कोही गर्ववती महिला वा सुत्केरी कोभिड-१९ बाट संक्रमित हुनुभयो भने अरु सामान्य व्यक्तिहरुले जसरी सावधानिका उपायहरु अप्नाउनुपर्छ र संक्रमित आमाले आफ्नो बच्चालाई सावधानी अप्नाएर स्तन्पान गराउन पनि सक्छिन। यस् बिषयमा थप जानकारीका लागि यो भिडियो हेर्नुहोस।


तामाले कोरोनभाइरस्लाई मार्न सक्छ?

तामा प्राकृतिक रूपमा पाइने धातु हो। प्रारम्भिक समयदेखि नै मानिसले यो धातु गहना, भाँडाकुडा र हतियार बनाउन प्रयोग गर्थे। बैज्ञानीकहरुले पत्ता लगाउनु धेरै अगाडि नै मानिसले यसबाट हुने स्वास्थ्य लाभ थाहापाइसकेका थिए। एक अनुसन्धान अनुसार, अहिलेको यो महामारी फैलौने कोभिड-१९ भाइरस तामामा ४ घण्टा सम्म मात्र बाँच्न सक्छ जुन अरु सतहहरु भन्दा निकै काम समय हो। त्यसैले अहिलेको समयमा तामाको प्रयोग गर्नु प्रभाबकारी हुनसक्छ। यस् बिषयमा थापा जानकारीका लागि यो भिडियो हेर्नुहोस।


Can Blood be used to cure CoronaVirus?

The US has been using blood from coronavirus survivors to treat currently infected COVID 19 patients. This approach is called Convalescent Plasma, it uses the part of the blood that contains antibodies. Those antibodies are given to the patients so that the patient's body does not need to produce antibodies on its own. As blood plasma is immediately available, this treatment can temporarily be used until drugs and vaccines are developed. You can watch the video for more detailed information.


आँफैले घरेलु ह्यान्ड सेनिटाइजर नबनाउनु होस्।

हात धुने बाहेक आफुलाई किटाणुहरुबाट बाचाउन ह्यान्ड सेनिटाइजर प्रयोग गर्न सकिन्छ। तर अहिलेको समयमा ह्यान्ड सेनिटाइजर पाउन निकै गाह्रो छ, प्राय पसलहरुमा पनि यो सक्कीसकेकोछ। घरमै ह्यान्ड सेनिटाइजर बनाउने धेरै तरिकाहरु सिकाइएकोछ तर बैज्ञानीकहरुको अनुसार यसो गर्नु त्यती उचित हुँदैन र आँफैले घरमा बनएको सेनिताइजर त्यती विश्वासनीय पनि हुँदैन। यस् बारेमा थाप जानकारीको लागि यो भिडियो हेर्नुहोस।


कोरोनाभाइरसका लक्षणहरू के-के हुन्?

नोवेल कोरोना भाईरसले लाग्ने कोभिड-१९ रोगको लक्ष्यन सुख्खा खोकी, ज्वरो, छाँतीमा दबाव वा कसिएको महसुस हुने, साँस फेर्न गाह्रो हुने हुन् , तर यि बहेक डाक्टरहरुको अनुसार अर्को नयाँ लक्षण पनि भएको प्रमाणित भएकोछ। यो नयाँ लक्षण भनेको सुङ्ह्ने इन्द्रिय हराउनु हो। कोभिड-१९ को अरु कुनै पनि लक्षण नदेखिएको कोभिड-१९ को बिरामीहरुमा पनि सुङ्ह्ने इन्द्रिय हरएको पाइएको छ। थप जानकारीको लागि यो भिडियो हेर्नुहोस|


कोरोनाभाइरस कसरी मानव कोषहरूमा फैलिन्छ र यस्को परीक्षण कसरी काम गर्दछ?

कोरोनाभाइरस भाइरसहरूको एउटा ठूलो समुह हो, जस्को सतह चुच्चो आकरको हुन्छ र ताज जस्तै देखिन्छ| पछिल्ला दशकहरूमा अन्य धेरै कोरोना भाइरस जनावरबाट मानिसहरूमा सरेको पाईन्छ। अहिलेको यो महामारी चीनको वुहान शहरको ताजा मासु बजार बाट सुरु भएको हो| भाइरसहरुलाई जीवित मानिदैन, तर यो एक निश्चित समयको लागि यी सतहहरूमा जीवित रहन्छ र तपाईंलाई सन्क्रमित पनी गर्न सक्छ| केहि उपचारहरू प्रयोगात्मक आधारमा प्रयोग भाईरहेकोछ र यो भाइरस बिरुद्ध लड्नका लागि बिभिन्न एन्टि भाइरलहरु परिक्षण भाईरहेकोछ | यस्को बारेमा थाप जानकारीको लागि यो भिडियो हेर्नुहोस |


कोरोनाभाइरस पत्ता लगाउन गराइने टेस्टहरु केके हुन?

कोरोना भाईरस हाम्रो घाँटीमा बस्छ र त्यहाबाट फोक्सोमा जान्छ जसले गर्दा निमोनिया हुन्छ| यो भाईरसको पि.सि.आर र आर.दि.टि द्वारा जाँच गरिन्छ| पि.सि.आरले हाम्रो शरीरमा उपस्थित भाईरस जाँच गर्छ भने आर.दि.तिले हाम्रो शरीरमा भाईरस आएपछी उत्पन्न हुने एन्टिबडीको जाँच गर्छ | यी दुबै परीक्षणहरुका आ-आफ्नै त्रुटिहरु पनि छन्| यस भिडियोमा यी दुबै परीक्षणहरुको बारेमा विस्तृत जानकारी दिइएको छ|


कोरोना भाइरसबाट मुटु रोगीहरू कसरी जोगिने?

वरिष्ठ मुटुरोग विशेषज्ञ एवम् त्रिवि शिक्षण अस्पतालका सह-प्राध्यापक डा. अनिल भट्टराईले कोरोना भाइरसको संक्रमणबाट जोगिन मुटुरोगीहरु सबैभन्दा बढी सचेत हुनुपर्ने बताएका छन्। यो रोग आफै नआउने भएकाले बाहिर नगइकन घरमै बस्ने र अरुसँग सम्पर्कमा नआउने हो भने जोगिन सकिन्छ। थप जानकारीको लागि यो भिडियो हेर्नुहोला ।


कसरी घरमै आफ्नै ह्यान्ड सेनिटाइजर बनाउने

सि.डि.सिको अनुसार तपाईले हात धुनु नै आफूलाई संक्रमणबाट बचाउने सबैभन्दा उत्तम तरिका हो। तर यदी हात धुनको लागि सबुन र पनि उपलब्ध छैन भने तपाईंहरुले सेनिटाइजर पनि प्रयोग गर्न सक्नु हुन्छ। यो भिडियो द्वरा तपाईंहरुले घरमै प्रभावकारी सेनिटाइजर कसरी बनाउन सकिन्छ भनेर सिक्न सक्नुहुन्छ|


कोरोनाभाइरस कसरी मानव कोषहरूमा फैलिन्छ र यस्को परीक्षण कसरी काम गर्दछ?

कोरोनाभाइरस भाइरसहरूको एउटा ठूलो समुह हो, जस्को सतह चुच्चो आकरको हुन्छ र ताज जस्तै देखिन्छ| पछिल्ला दशकहरूमा अन्य धेरै कोरोना भाइरस जनावरबाट मानिसहरूमा सरेको पाईन्छ। अहिलेको यो महामारी चीनको वुहान शहरको ताजा मासु बजार बाट सुरु भएको हो| भाइरसहरुलाई जीवित मानिदैन, तर यो एक निश्चित समयको लागि यी सतहहरूमा जीवित रहन्छ र तपाईंलाई सन्क्रमित पनी गर्न सक्छ| केहि उपचारहरू प्रयोगात्मक आधारमा प्रयोग भाईरहेकोछ र यो भाइरस बिरुद्ध लड्नका लागि बिभिन्न एन्टि भाइरलहरु परिक्षण भाईरहेकोछ | यस्को बारेमा थाप जानकारीको लागि यो भिडियो हेर्नुहोस |


रोगहरुको नाम कसरी राखिन्छ?

पहिले रोगहरुको नाम मानिसको समुह वा जनवरको नामले रखिन्थ्यो भने, २०१५ पछी विश्व स्वास्थ्य संगठनको निर्देशिन अनुसार रोगको नाम त्यस्को लक्षणहरु वा रोग लगाउने सूक्ष्मजीवको नाम बाट राख्नु पर्ने हुन्छ। २०१९ मा देखा परेको यो महामरी, रोगको भाईरसको आकार ताज जस्तो भएकोले यस्लाई कोरोनाभाइरस भनियो । थप जानकारीको लागि यो भिडियो हेर्नुहोस|


के मास्कको प्रयोगले कोरोना भाइरसको संक्रमण बाट बचाउछ ?

मास्क लगाउँदा तपाईंलाई सुरक्षित महसुस हुन सक्छ तर के यसले वास्तवमा साँच्चै कोरोनाबाट बचाउछ त? तपाई मास्क को प्रयोग कसरि गर्नु हुन्छ ? यस्ता प्रश्नहरुको उत्तरको लागि यो भिडियो हेर्नुहोला ।


घरबाहिर कोरोना सङ्क्रमणबाट कसरी बच्ने ?

घर बाहिर निस्किदा सकेसम्म सर्जिकल मास्कको प्रयोग गर्ने सर्जिकल मास्क नभए रुमाल वा कपडाको मास्क प्रयोग गर्ने कसैसँग हात नमिलाउने साथै अंकमाल नगर्ने त्यसको साटो नमस्कार गर्ने , सामान चलाउनु परे वा केहि खानु परे सेनिटाइजर प्रयोग गर्ने वा सेनिटाइजर नभए साबुन पानीले २० सेकेण्ड सम्म हात धुने,भिडभाडमा नजाने ,कोरोनाको बिरामी भेट्न जादा N५१ मास्क को प्रयोग गर्ने र सुख्खा खोकी, धेरै ज्वरो आएमा र शास फेर्न गार्हो भएमा स्वास्थ्य जाँच गराउनु पर्छ ।


नोभल कोरोना भाइरसको खतरालाई कसरी कम गर्ने?

नोबेल कोरोना एउटा नयाँ प्रजातिको भाइरस भएकोले यसमा साधारण रुघाखोकी देखि गम्भीर प्रकारको श्वासप्रश्वास सम्बन्धि समस्या गराउछ र यसबाट बच्नको लागि नियमित रुपमा साबुन पानीले हात धुने, खोक्दा र हाच्छ्यु गर्दा नाक र मुख छोप्ने,साथै डाक्टरको परामर्स लिनुपर्छ|


कोरोना भाइरस: प्रभावित स्थानबाट फर्किनु भएका यात्रुहरूलाई सन्देश!!

स्वास्थ्य सेवा लिने बाहेक अन्य समयमा घरबाहिर नजाने परिवारका सदस्यबाट टाढा बस्ने साथै खोक्दा वा हाच्छिउं गर्दा नाक मुख छोप्न रुमालको प्रयोग गर्ने, नियमित रुपमा साबुन पानीले मिचिमिची हात धुने, आफुले प्रयोग गरेको सामान अरु सँग नसाट्नुहोस र आफुलाई देखा परेका लक्षणहरू बारे ख्याल गर्नुहोस्| थप जानकारीको लागि यो भिडियो हेर्न सक्नु हुन्छ|


हामीले कोरोनाबाट आफुलाई बचाउन साबुनले हात किन धुनु पर्छ?

कोरोना भाईरसबाट बाँच्नकालागी साबुन पानीले हात धुनु निकै आवश्यक छ। आउनुहोस हेरौ साबुनले कोरोना भाइरसलाई कसरी नष्ट गर्छ


साबुन पानीले किन २० सेकेन्ड सम्म हात धुनु पर्छ?

कोरोना भाईरस जस्ता किटाणुहरुबाट बाँच्नकालागी हामीले नियमित २० सेकेन्डसम्म हात धुनु पर्छ। यसको अर्थ तपाईंले हात धुदै गर्दा आफुलाई मनपर्ने गीतको २ लाइन गाउनुहोस अथवा ह्यप्पी बर्थडे गीत २ चोटि गाउँनुहोस्। यस भिडियोमा तपाईंले २० सेकेन्डसम्म हात धुन किन जरुरी छ भनेर हेर्नुहुनेछ।


कोरोना भाइरसको संक्रमणबाट बच्न किन घरमै (आफ्नो परिवार बाहेक) अरु मानिसहरुबाट टाढा बस्नु पर्दछ?

कोरोना भाइरसको संक्रमणबाट बच्न किन घरमै (आफ्नो परिवार बाहेक) अरु मानिसहरुबाट टाढा बस्नु पर्दछ भन्ने कुरा यो भिडियोबाट सरल रूपमा बुझ्नुहोस् ।


घरमा बस्नुहोस् I सुरक्षित रहनुहोस्।

What does Social distancing actually mean? And how much difference does it make? To track the impact of social distancing, in this video follow Noah and Olivia, who are both affected by the virus, on a typical day and watch the effect on the spread of the virus


जनताका हितका लागि लकडाउन गर्न किन महत्वोपुर्ण छ?

हाम्रो स्वतन्रताको सानो हिस्साबाट ठूलो संख्याका जनताका हितका लागि लकडाउन एकमात्र उपाय हो । वुहानका नागरिकले क्वारेनटाईनलाई नागरिक कर्तब्यका रुपमा लिएर राष्ट्रलाई महाविपत्तिबाट जोगाए!हामी पनि त्यसै गरौ! यो भिडियोमा China Global Television Network @cgtn का Zou You चिनले भोगेको यो कोरोनाभाईरसबारे के भन्छन त ? हामिले यो भिडियो नेपालीमा उल्था गरेका छौ । आफू पनि सुन्नुहोस र अरुलाई पनि सुनाउनुहोस । सबैले यो कुरा बुझ्न जरुरी छ।


भेन्टिलेटरले कसरी बचाउँछ ज्यान?

अहिलेसम्म बिरामीको उपचारमा संलग्न चिकित्सकका अनुसार, कोरोना भाइरसले फोक्सोका तन्तु नष्ट गरिरहेको छ। तन्तुहरु नष्ट हुँदा फोक्सालाई रगतमा अक्सिजन पठाउन अप्ठ्यारो हुने गरेको छ। यस्तोबेला निमोनिया पनि हुने गरेको छ। यो पढ्दै जाँदा एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुने गर्छ। जसले शरीरका अन्य अंग मुटु, मिर्गौलालगायतलाई पनि हानी पुर्याउने गर्छ। जसले कोरोना भाइरस संक्रमित व्यक्तिको मृत्यु हुन्छ।  यस समस्यालाई सुल्झाउन भेन्टिलेटरले बिरामीको फोक्सोमा अक्सिजन पठाउँछ। सँगसँगै श्वासप्रश्वासमा पनि सहयोग गर्छ। अर्को, भेन्टिलेटरले मानिसको शरीरभित्र तापक्रम र आद्रता पनि थप्छ। बिरामीको शरीरको तापक्रमसंग सन्तुलन मिलाएर भेन्टिलेटरले तापक्रम र आद्रह थप्नेगर्छ।  कोरोना भाइरसको संक्रमणबाट गम्भीर भएका बिरामीलाई मात्रै होइन, अलिअलि सकस भएका बिरामीलाई समेत भेन्टिलेटरले सहयोग गर्छ। जसले गर्दा कोरोनाबाट मृत्यु हुनबाट जोगिने गरेको छ।


फ्ल्याटन द कर्भ (Flatten the curve)

यो वाक्यांश इन्टरनेटमा निकै चलेको छ। लाइभसाइन्स भन्छ,“यसल एउटा निश्चित समयावधिमा कोभिड १९ बाट संक्रमित हुने व्यक्तिहरूको अनुमानित संख्यालाई बुझाउँछ।” कुनै हस्तक्षेप नगरे भाइरसबाट संक्रमित व्यक्तिको संख्याको वृत्त आकाशिन सक्छ वा छोटो र लामो समयसम्म रहनसक्छ। हात धुने, सामाजिक भेला सीमित राख्ने र बिरामी जनसंख्यालाई आइसोलेसन अर्थात् एकान्तबासमा राख्नेजस्ता हस्तक्षेपमार्फत यस्तो हुनसक्ने विशेषज्ञहरूले आशा गरेका छन्।


कसरी स्वयं एकान्तबास (self-isolation) गर्ने?

अहिले धेरै जना सेल्फ आइसोलेसनमा बसेका छन्। यो पूर्णतया स्वेच्छिक एकान्तबास हो। कसैलाई आफू बिरामी भएको विश्वास भए वा भाइरस सर्ने जोखिम कम गर्नलाई यस्तो गरिन्छ।


हामी किन धेरै पटक आफ्नो अनुहार छुन्छौं र यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ ?

प्रत्येक व्यक्तिले प्रत्येक दिन धेरै पटक आफ्नो अनुहार छोइरहेको हुन्छ, मुख्य रूपमा तनावपूर्ण परिस्थितिहरूमा। यी चालहरू प्राय संचारको लागि हुँदैनन र थोरै वा जागरूकता बिना नै भैरहेको हुन्छ। यस भिडियोमा हामीले आफ्नो अनुहार छुन रोक्ने उपायहरू वर्णन गरिएको छ जुन कोरोना भाइरस प्राप्त गर्ने माध्यम मध्ये एक हो।


के म आफ्नो फोनहरू सुरक्षित रूपमा सफा गर्नका लागि अल्कोहोलको प्रयोग गर्न सक्छु ?

अहिलेको समयमा हामी स्मार्टफोन बिना बाँच्न सक्दैनौं | तर भाइरस ट्रान्सफर गर्ने यो एक प्रमुख माध्यम हुन सक्छ किनकि हामी यससँग निरन्तर सम्पर्कमा हुन्छौं | त्यसैले हामीले नियमित रूपमा आफ्नो फोनहरू सफा गर्नु पर्छ। तर कसरी ? यस भिडियोमा हामीले हाम्रो फोनलाई किन र कसरी हानी नगरी सफा गर्नुपर्छ भनेर वर्णन गरिएको छ |


व्यक्तिगत तथा सामाजिक दुरी किन महत्वपूर्ण छ?

यस भिडियोले कोरोनाभाईरस प्रकोपको समयमा व्यक्तिगत तथा सामाजिक दुरी किन महत्वपूर्ण छ र हामीले सामाजिक दुरी कायम गर्दा कोरोनाभाईरसको फैलावटलाई रोक्न तथा अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई कसरी मद्दत पुग्छ भन्ने कुरा बताईएको छ।


कोरोनाभाइरस: खोप कहिले बन्ला?

नयाँ कोरोनाभाइरस विश्वभरी फैलिएको छ र प्रत्येक दिन हजारौँ नयाँ सङ्क्रमणहरू सार्वजनिक भइरहेका छन्। तर अहिलेसम्म कोभिड-१९ बाट मानिसलाई बचाउने खोप बनेको छैन। वैज्ञानिकहरूले खोप विकास गरिसकेका छन् र त्यसलाई जनावरमाथि परीक्षण गरिरहेका छन्। जनावरमाथिको परीक्षण सफल भयो भने यो वर्षको अन्त्यसम्ममा मानिसमाथि पनि परीक्षण भएर खोप सन्कलन गर्न सकिन्छ। यो वर्षको अन्त्य अगाडिनै खोप पत्ता लाग्यो भनेपनि त्यसलाई ठूलो सङ्ख्यामा बनाउन समय लाग्नेछ। तर खोप नबनेसम्म सन्क्रमणबाट बाँच्न हामीले सावधानिका उपायहरु अप्नाउनुपर्छ। यस् बिषयमा थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस।


विश्वव्यापी महामारी के हो र यो शब्दावली किन प्रयोग गरिन्छ?

एकै समयमा विश्वभरि विभिन्न देशमा मानिसबाट मानिसमा फैलिने र निकै ठूलो मात्रामा रोगको सङ्क्रमण देखिने स्थितिलाई विश्वव्यापी महामारी अथवा प्यान्डेमिक भनिन्छ। यदि नयाँ भाइरसको उत्पत्ति भएको छ र त्यसले मानिसलाई सजिलै सङ्क्रमण गर्न सक्छ तथा प्रभावशाली ढङ्गले निरन्तर मानिसबाट मानिसमा सर्न सक्छ भने विश्वव्यापी महामारी फैलिन सक्छ। कोरोनाभाइरसको अहिलेको प्रकोपमा यी सबै विशेषता छन्। कोरोनाभाइरस सङ्क्रमणका लागि पहिले उक्त शब्दावली प्रयोग गरेको थिएन। तर स्थितिमा केही परिवर्तन आयो र कोरोनाभाइरसको सङ्क्रमण देखिएका देशको सङ्ख्या बढ्यो। भाइरस अनियन्त्रित रूपमा विश्वभरि फैलिएकाले त्यसलाई विश्वव्यापी महामारी घोषणा गर्नु परेको थियो। थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्।


के निको भइसकेका व्यक्तिमा फेरि कोरोना संक्रमण देखिन सक्छ ?

कोरोना भाइरसको संक्रमितको संख्या दिनानुदिन बढ्दैछ । संक्रमितसँगै निको हुनेको संख्या पनि बढिरहेको छ । आजको दिनसम्म विश्वभर संक्रमितको संख्या ३७ लाख पुगेको भने निको हुनेको संख्या १२ लाख जती रहेको छ। निको भाईसकेर फर्किएकाहरुलाई फेरी संक्रमण देखिएको धेरै खबर सुनिएको छ। फेरी संक्रमण हुने विषयमा विभिन्न अध्ययनहरु भएका छन् तर यथेष्ट प्रमाण भने भेटिएका छैनन्। विज्ञहरुका अनुसार सावधानी अपनाउन फिजिकल डिस्टेन्सिङ र सेल्फ क्वारेन्टाइन नै उत्तम उपाय हो। थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्।


मौसमी रुघाखोकी र कोरोना भाइरस कसरी छुट्याउने?

सामान्य ज्वरो आउने,रुघाखोकी लाग्ने लक्षण अहिले मौसम परिवर्तन भएसँगै देखा परेको छ। कोरोना भाइरसको शंका गर्न सुरुमा संक्रमण फैलिएको देश जस्तै कोरिया,चीन, इटालीबाट आएको हो वा होइन त्यो बुझिन्छ। यदि त्यहाँबाट आएको मान्छेसँग भेटघाट भएको १४ दिनभित्रमा खोकी लाग्नु, ज्वरो आउनु, घाँटी अलि कस्सिएको, भारी भएको, थकान महसुस हुने लक्षण भएमा कोरोना भाइरसको शंका गर्न सकिन्छ। मौसमी रुघाखोकी भने इन्फ्लुएन्जा भाइरसको कारणले हुन्छ। यसमा अचानक ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने तथा खसखस हुने हुन्छ र अलि बढ्दै गयो भने सास फेर्न अप्ठ्यारो हुन सक्छ। कोरोना भाइरसमा पनि ज्वरो आउने र खोकी लाग्ने यी दुई कुरा मिल्न जान्छन्। तर यो छुट्याउनको लागि त्यो मान्छे कहाँ–कहाँ गयो, संक्रमण फैलिएको देशबाट आएको–नआएको, क–कसको सम्पर्कमा आयो त्यो बुझ्नुपर्ने हुन्छ।


कोरोनाभाइरस बाट संक्रमित आमाले स्तनपान गराउनु सुरक्षित हुन्छ?

लक्षण देखिएका तर सबल आमाहरूले भने स्तनपान गराउँदा र बालबालिकासँग नजिक हुँदा मास्क लगाउने, बालबालिकाको सम्पर्कमा आउनुभन्दा अगाडि तथा पछाडि हात धुने, संक्रमित वस्तु तथा सतहहरूलाई जिवाणु नाश हुने गरि सफा गर्ने गर्नुपर्दछ। आमा निकै नै अस्वस्थ भएको अवस्थामा उनको दुध निकाली सफा कप वा चम्चाले शिशुलाई खुवाउन सकिन्छ र भाइरसबाट जोगिनका लागि अन्य सावधानीहरू निरन्तर अपनाउनु पर्दछ।


गर्भवतीमा कोरोना संक्रमणको जोखिम कति ?

अमेरिकन कलेज अफ अब्स्ट्रेसियन्स् एन्ड गाइनोकोलोजिस्टको एक अनुसन्धान अनुसार हालसम्मको तथ्यांकले गर्भवतीहरू कोभिडको उच्च जोखिममा छैनन् । तर श्वासप्रश्वासको संक्रमणले उनीहरूको स्वास्थ्यमा बाधा पुग्ने सम्भावना रहन्छ ।


रोग प्रतिरोधात्मक क्षमता बढाउन कस्ता खानेकुरा खाने?

हाम्रो शरीरमा प्रतिरोधात्मक क्षमता बलियो भयो भने विभिन्न रोगसँग लड्न सक्छौँ । प्रतिरोधी प्रणालीले विभिन्न रोग तथा ब्याक्टेरियाविरुद्ध लड्न मद्दत गर्छ । हामीले आफू स्वस्थ रहन रोग प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक छ। स्वास्थ्य जीवनशैली अपनाएको खण्डमा तपाईंले प्राकृतिक रुपमै आफ्नो रोग प्रतिरोधात्मक क्षमता बलियो तथा स्वस्थ बनाउन सक्नुहुन्छ। भिटामिन सी, भिटामिन डी, भिटामिन ई, भिटामिन बी६, भिटामिन बी१२, मिनिरल अर्थात खनिज पदार्थ, प्रोटिन, प्रोबायोटिक खानाहरु, प्राकृतिक एन्टिबायोटिक जस्ता खानेकुरा खानु पर्छ ।


कोरोना भाइरस (कोभिड-१९) को यो समयमा किशोरकिशोरीले आफ्नो मानसिक स्वास्थ्यको हेरचाह कसरी गर्ने?

१. चिन्ता र अत्यास लाग्नु एकदम सामान्य हो भन्ने बुझ्नुहोस्,
२.मन भुलाउने उपाय गर्नुहोस्,
३. साथीसँगीसँग घुलमिल हुने नयाँ उपाय खोज्नुहोस्,
४. आफ्नो कथाको आफैँ हिरो हुनुहोस जस्तै:तपाईँलाई कुनै नयाँ किताब पढ्ने रहर थियो वा कुनै बाजा बजाउन सिक्ने मन थियो वा रहर लागेको कुनै सिप सिक्ने मन थियो भने अहिलेभन्दा राम्रो समय कहिले पाउनुहुन्छ ? आफूलाई खुसी बनाउने काम गरे निराशा घटेर जान्छ र मन राम्राराम्रा भावनाले भरिन्छ।
५. आफ्नो मनका भावनालाई चिन्नुहोस् र
६. आफू र अरूप्रति दयालु हुनुहोस् जस्तै:कोरोना भाइरसको समयमा समेत केही किशोरकिशोरीहरू अर्काका दुर्व्यवहारको शिकार भइरहेका छन् । यो समस्याबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको एक अर्कालाई सहयोग गर्नु हो । कोहि दुर्व्यवहारमा परेको थाहा पाए त्यसलाई रोक्नुहोस् ।